नेपालगञ्जमा सुरु भयो एनेकपा माओवादीको चुनाव प्रसार प्रचार अभियान

दीपा आले
नेपालगञ्ज, असोज २४। एकिकृत नेकपा माओवादीले चुनाव प्रचार प्रसार अभियान अन्तर्गत पहिलो कार्यक्रम आज राधापुर गाविसबाट सुरु गरेको छ ।

एकिकृत नेकपा माओवादीको आयोजनामा राधापुर गाविस स्तरीय चुनावी सभाको प्रसार प्रचार अभियान सुरु गरेको हो । राधापुर गाविसमा पहिलो चुनावी प्रसार प्रचारकालागि एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य पूर्णा कुमारी सुवेदी नै आउनु भएको थियो । उहांले कार्यकर्ता भेलामा सम्बोदन गर्दै पछाडि परेका महिला, दलित जनजाति,एवं सिमान्तकृत वर्गको हक हितकोलागि एक मात्र पार्टी एकिकृत नेकपा माओबादी पार्टी रहेको दावी गर्नु हो । साथै अब हुने संविधानमा माओावादीलाई नै जिताउनु पर्ने उहांको भनाई रहेको थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी क्षेत्र नं. ४का संयोजक अक्कल बहादुर बम,रविन्द्र, मगर मुक्ति मोर्चाका केन्दिय कोषाध्यक्ष पिनु थापामगर, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य अर्जुन पौडेल र जिल्ला सदस्य कृष्ण रानामगरले बोल्नु भएको थियो । भने कार्यक्रमको अध्यक्षता हरिलाल विकले गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...