आज विजयादशमी, टिकाको शुभसाइत विहान ९ बजेर ५१ मिनेटमा


आज हिन्दूहरूको महान् चाड बडादशैंको दशौँ दिन अर्थात् विजयादशमी । नवरात्रभरि पूजा आराधना गरिएकी दुर्गा भवानीको प्रसादस्वरूप जमरासहितको टीका लगाउने परम्परा छ ।

पूजाकोठा तथा दसैं घरमा विधिपूर्वक राखिएको जमरा आज देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरिन्छ । आज मान्यजनले नवदुर्गाको प्रसाद टीका र जमरा लगाइदिनुका साथै ऐश्वर्य बृद्धि तथा दीर्घायुको आशीर्वाद दिने गर्दछन् । रातो टीका विजय र पहेंलो जमरा संमृद्धिको प्रतीक मानिन्छ ।

पञ्चांग निर्णायक समितिले जनाएअनुसार यस वर्षको बडादशैमा टिकाको शुभसाइत विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापना विसर्जन विहान ९ बजेर २५ मिनेटमा हुने पनि समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...