राजदूत चालिसेका एक पछि अर्को काला कर्तुत

हरि न्यौपाने
कहिले दुतावासको भवन बिक्री त कहिले करारका कर्मचारीसंग हाकाहाकी घुस माग्ने । यी काण्डले नेपालका लागि बेलायती राजदूत बारम्बार चर्चामा आइरहन्छन । तिनै राजदूत चालिसेको एक पछि अर्को काण्डको पर्दाफास भएको छ । बेलायतमा कर्मचारीलाई कामका लागि करारमा नियुक्तिमा लिंदा ३ सय ८० पाउण्डमा लिने तर ९ सय पाउण्डको पेश गर्ने गरेको खुलेको हो । सम्पूर्ण अधिकार राजदूतमाथि हुने भएकाले राजदूतले कर्मचारीलाई थोरै रकम दिएर बाँकी आफ्नो नाममा झ्वाम पार्ने गरेको बेलायती दूतावास स्रोतले जानकारी दिएको छ ।

पद र पैसका लागि जे गर्न पनि तयार हुने राजदूत चालिसेले केही महिनाअघि मात्रै बेलायतस्थित नेपाली दुतावासमा कार्यरत रह“दा स्थानीय कर्मचारीको करार थप्न ५ हजार पाउण्ड मागेका थिए । बेलायत छाड्नुअघि आफू मातहतका कर्मचारी नियुक्तिका लागि चालिसेले १३ लाख नेपाली रुपैंया घुस मागेकोबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो । कर्मचारीको करार थप्ने अधिकार राजदूतलाई भएकाले आफ्नो अधिकारको दुरुपयोग गर्दै उनले राजदूताबासलाई कमाउ धन्दा चलाएका हुन ।

दूतावासलाई कमाउधन्दा बनाएकोबारे केही महिनाअघि साँढे ५ वर्षदेखि दूतावासमा कार्यरत कर्मचारी दमन्ता खरेल र सुरेन्द्र भण्डारीको करार थप्न १३ लाख रुपैंया मागेकोबारे कर्मचारीहरु खरेल र भण्डारीले नै सञ्चारमाध्यममा सार्वजनिक गरेका थिए । चालिसेले मागेको रकम तत्काल दिन नसकिने बताएलगत्तै चालिसेले कर्मचारीहलाई हाजिरी गर्न रोक लगाउँदै एकाएक विनासुचना कामबाट निकालेका थिए । राजदूतजस्तो मर्यादायुक्त व्यक्तिले गरेको उक्त घृणित कामबारे खरेलले सार्वजनिक गरिदिएपछि राजदूत चालिसेले अहिले आफ्ना काला कर्तुतबारे सञ्चारमाध्यमलाई सूचना दिएको भन्दै दुतावासका पुर्वकर्मचारीको व्यक्तिगत जीवनमा असर पर्नेगरी गलत नामबाट समाचार लेखाउन लगाएको आरोप खरेलले लगाएकी छन । विभिन्न सरकार परिवर्तन भएपनि सबै दलका नेताहरु रिझाउन सफल चालिसे पछिल्लोपटक भने दूतावास भवन बिक्रीको नेतृत्व गरेर विवादमा तानिएका । यही कारण एनआरएनए यूकेले चालिसेलाई बहिष्कार गरेका थिए । साथै औपचारिक कार्यक्रममा समेत डाकेका थिएनन् ।

पूर्ति भएनन् कर्मचारी
कर्मचारीको करार सकिएपछि दूतावासले विज्ञापन गरेको थियो । तर दूतावासको सम्पूर्ण अधिकार राजदूतमैं हुने भएकाले घुस काण्ड सार्वजनिक भएपछि कर्मचारी पूर्ति गर्न सकेका छैनन् चालिसेले । दूतावासलाई आफन्त भर्ती केन्द्र बनाउन सफल राजदूतले घुसमा कुरा नमिलेकै कारण कर्मचारी पूर्ति गर्न नसकेका हुन् वा अन्य कारणबारे भने सार्वजनिक भएको छैन । आगामी जनवरीमा चार बर्षे कार्यकाल सकेर नेपाल फर्कनुपुर्व नै आफ्ना नजिकहरुलाई भर्ती गर्ने उनको योजनाले पूर्णता पाएको छैन ।

डराउँछन कर्मचारी
बेलायती दूतावासमा अधिकांश कर्मचारी राजदूत मातहत हुन्छन । राजदूत मातहत भएकाले अधिकांश कर्मचारी दूतावासका कतिपय कुरा सञ्चारमाध्यममा सार्वजनिक गर्न डराउँछन । राजदूतले आफ्नो काला कर्तुतबारे सञ्चारमाध्यममा सार्वजनिक भएपछि खरेल र भण्डारीसंग रिसइबी साँधेका थिए । स्मरण होस् खरेल हाल एमाओवादी नेता खेमराज भट्टकी आफन्त हुन । कांग्रेस कोटाबाट राजदूत नियुक्त भएका चालिसेले राजनीतिक रङ दिएर कर्मचारीको करार नथपेका कतिपयको विश्लेषण छ । त्यसैले पनि उनले खरेलप्रति व्यक्तिगत लाञ्छना लाग्नेगरी समाचार लेखाएको खरेलकै भनाई छ । यता यसबारे प्रतिक्रिया लिन खोज्दा राजदूतको मोबाइल भ्वाइस म्यासेजमा गएकाले सम्पर्क हुन सकेन ।

अख्तियारबाट रातारात गायब पारियो उजुरी
राजदूत भएर देश र मुलुकको शान राख्न अनि विदेशका नेपालीको पसिनाको इज्जत गर्ने भन्दा राजदूत पदलाई कमाउ धन्दा बनाएका चालिसे विरुद्धको उजुरी अख्तियारबाटै गायब भएको छ । राजदूत भएर खुलमखुल्ला घुस मागेका चालिसेको घृणित हर्कत विरुद्ध दूतावासबाट निकालिएका कर्मचारी दमन्ता खरेलले अख्तियारमा उजुरी गरेकी थिइन । अख्तियारमा उजुरी गरेकी उनको उजुरीको अख्तियारले क्यु लिस्टमा राखेको थियो तर रातारात गायब गरियो । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजदूतबारेको उजुरी आफूहरुस“ग नआएको प्रतिक्रिया दिए तर उजुरी कर्ता खरेल भन्छिन –‘अख्तियारले उजुरी आयो भनेपछि भन्यो म ढुक्क भए“ कम्तीमा भ्रष्टाचारी राजदूतलाई कारबाही हुने भयो भनेर तर अख्तियारबाटै उजुरी गायब पारिएको छ ।’ यता अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अख्तियारमा परेका उजुरी त्यसमा पनि सार्वजनिक पद धारण गरेकाले गरेको भ्रष्टाचारबारे अख्तियारले कसैलाई पनि नछोड्ने भन्दै प्रक्रियाअनुसार आउने उजुरी एकपछि अर्को गरी तहकीकात हुने बताए ।

समयमै फिर्ता हुन सरकारको निर्देशन
यता सरकारले बिहिबार राजदूत चालिसेसहित ५ देशका राजदूतलाई फिर्ताको तयारी थालेका छ । आगामी जनवरीमा कार्यकाल सकिने राजदूत चालिसेका गलत काण्डबारे समाचार सार्वजनिक भएपछि सरकारले राजदूतलाई समयमै फिर्ता हुन बिहिबार पत्र लेखेको हो । आगामी ३ महिनाभित्र बेलायतसहित ब्राजिल, क्यानाडा, अमेरिका, श्रीलंका र कुबेतका राजदूतको चार बर्Èे कार्यकाल समाप्त हुँदैछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...