देशभरका जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न

१७ असोज । आसन्न संविधानसभा चुनावको प्रत्यक्षतर्फको उम्मेदवारी विहीबार देशभरका जिल्लामा सम्पन्न भएको छ । प्रमुख दलका प्रत्यक्षतर्फ टिकट पाएका उम्मेदवारहरूले सम्बन्धीत निर्वाचन कार्यालय पुगी मनोनयन दर्ता गराएका हुन् ।

चुनावमा रूपन्देही क्षेत्र नम्बर ४ र गोरखाबाट एकीकृत माओवादीतर्फबाट उम्मेदवार बन्नु भएका नेता डाक्टर बाबुराम भट्टराइले दुवै स्थानमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता भटट्राईले विहीबार जिल्ला निर्वाचन कार्यालय रूपन्देही र गोरखामा पुगी उम्मेदवारी दर्ता गराउनुभएको हो । रुपन्देहीमा भटट्राइको हरि घिमिरे प्रस्तावक र बाबुराम पोखरेल सर्मथक हुनुहुन्छ । नेता भट्टराईले दोश्रो नंम्बरमा नाम दर्ता गराउनुभएको थियो । भट्टराईभन्दा पहिला स्वतन्त्र उम्मेदवार तुल्सीराम घिमिरेले नाम दर्ता गराउनुभएको थियो ।
रूपन्देही आउनुभएका नेता डाक्टर भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै लुम्बिनीको समग्र विकास र जनताको जीवनस्तर उकास्न शान्ति क्षेत्र बुद्धको जन्मभूमीमा उम्मेदवारी दिएको प्रतिकृया दिनुभयो । जनयुद्धबाट प्राप्त उपलब्धि सस्थागत गर्न चुनाव आवश्यक रहेको भन्दै उहाँले आफ्नो पार्टीले दुई तिहाई मत ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
यसैगरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर एकबाट आफ्नो उमेदवारी दर्ता गर्नुभएको छ । आफ्ना कार्यकर्तासहित जिल्ला निर्वाचन कार्यलय रौतहट पुग्नुभएका नेता नेपालले संचारकर्मीसग संक्षिप्त कुरा गर्दै लोकतन्त्रको रक्षाका लागि चुनाव अपरिहार्य भएको भन्दै चुनाव कुनै हालतमा नरोकिने दावी गर्नुभयो । उहाले लोकतन्त्रको रक्षाका लागि सवैलाई चुनावमा भाग लिन आग्रह समेत गर्नुभयो । नेता नेपाल रौतहट एक र काठमाण्डौ दुइबाट उमेद्वारी दिनुभएको छ ।

त्यस्तै द्रोस्रो संविधानसभा चुनावका लागि पाल्पाबाट १४ दलले उम्मेदावरी दर्ता गरेका छन् । साना दलहरुले एउटा मात्रै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् भने ठुला दलहरुले तिनवटै निर्वाचन क्षेत्रमा उमेद्वारी दर्ता गरेका हुन् । तीन निर्वाचन क्षेत्र भएको पाल्पामा एमाओवादी, नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र अखण्ड नेपाल पार्टीले तिनै क्षेत्रमा उम्मेदवारी दिएका छन् । साना दल दलित जनजाती पार्टी, नेकपा माले, देशभक्त सामज पाटी, नेपाल मजदुर किसान पार्टी, र संघीय समाजवादी पार्टीले एक–एक क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । यता, नेपाली काग्रेंसले सिता देवकोटालाई क्षेत्रनंम्बर एकमा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट कार्याकर्ताले निर्वाचन कार्यालय अगाडी धर्ना बसे बसेका थिए ।

यसैबीच तनहुमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका अन्य दलका नेताहरुले संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । जिल्लामा क्रियासिल ३ ठुला दल र अन्य साना दलका उम्मेदबारहरुले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गर्न राजनितिक दलहरु आफनो पार्टि कार्यालयबाट बाजागाजा र जुलुससहित मनोनयन गर्ने गएका थिए । मंसिर ४ पछिको एकबर्ष भित्र सबिधान दिने दावी गर्नुभयो । पौडेलको क्षेत्रमा माहासमिति सदस्य पुर्ण गुरुङले बागी उमेद्वारी दिएपनि पौडेलले पार्टीमा कुनै बिबाद नरहेको दाबी गर्नुभयो । आगामी संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयोगिमार्फत कैलाली क्षेत्रनम्बर ६ बाट उम्मेदवारी दिनुभएको छ ।

नेता देउवाको उम्मेदवारी नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले दर्ता गराउनुभएको हो । देउवाको कार्य व्यस्थताका कारण आफूले उम्मेदवारी दर्ता गराएको सभापति शाहले बताउनुभयो । जिल्ला अदालत कैलाली परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वरिष्ठ नेता देउवाको उम्मेदवारी दर्ता गराउन ठूलो संख्यामा कार्यकर्ताहरु त्यहाँ पुगेका थिए । नेपाली काँग्रेस कैलाली पार्र्टी कार्यालयबाट नारा जुलुसका साथ निस्केको ¥याली अन्य पाँच उम्मेदवार सहित उम्मेदवारी दर्तास्थलसम्म पुगेको थियो । त्यसैगरी नेकपा एमालेले आफ्ना ६ जना उम्मेदवार सम्मिलित ¥याली प्रदर्शन गरेको छ । सयौंको संख्यामा रहेका एमाले कार्यकर्ताहरुले धनगढी चौराहाबाट ¥याली निकालेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ बाट पूर्वमन्त्री लेखराज भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ । अन्य साना दलहरुले समेत कैलालीका विभिन्न क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । हिन्दु राज्यको माग गर्दै आएको राप्रपा नेपाल लगायत विभिन्न जातिवादी पार्टीहरुले समेत बाजागाजाका साथ उम्मेदवारी दर्ता गराएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...