जेष्ठ नागरिक दिवस मनाइयो

१५ असोज । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस धनकुटामा पनि बिभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

यो दिवसका अवसरमा धनकुटामा ¥याली, कोणसभा तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको आयोजनामा स्थानिय मदनचोकबाट सुरु भएको ¥याली हुलाकटोल, भिमनारायण चोक, तल्लोकोप्चे, माथ्लोकोप्चे लगायत क्षेत्रको परिक्रमा गरेको थियो । जेष्ठ नागरिक र युवा पुस्ताको सहभागितामा निश्किएको ¥याली नगर परिक्रमा पछि स्थानिय ज्ञान मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जेष्ठ नागकिहरुले उमेर छिपिदै गएपछि सहारा आवस्यक हुने भन्दै युवा पुस्तासग सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा जिल्लाका जेष्ठ नागरिकहरु ९६ बर्षिय बिष्णुभगत श्रेष्ठ र ७९ बर्षिय सिवकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...