भक्तपुर औद्योगिक मेला शुरु

उपराष्ट्रपतिद्धारा निर्वाचन सफल पार्न व्यवसायीसंग आगह्र
भक्तपुर, १७ असोज । उपराष्ट्रपति परमाननद्य झाले आगामीमंसीर ४ मा हुन लागेकोसंविधानसभाको दोस्रोनिर्वाचनलाई सफल पार्न सम्पूर्ण उद्योगी व्यवसायीहरुसंग आग्रह गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघ तथा नेपाल–चीन उद्योग वाणिज्य संघ, भक्तपुर च्याप्टरको संयुक्त आयोजनामा मध्यपुर थिमिस्थित सानोठिमीस्थित खेलकूद मैदानमा विहीबारदेखि शुरु भएको“कोकाकोला भक्तपुर औद्योगिक व्यापार मेला” को उद्घाटन गर्दै उनले देशको आर्थिक सम्पन्नता त्यो देशबाट अन्य देशमा गरिने निर्यातबाट प्रष्ट हुने पनि बताए । हामीले आयातमा हैन, निर्यातमा जोड दिनुपर्छ, उनले भने, उत्तर र दक्षिणका मुलुकबाट पनि निर्यातजन्य व्यवसायका कुरा नेपालले सिको गर्न पनि उनले व्यवासायीसंग आग्रह गरे । मोफसलमा व्यापार मेलाको आयोजना गर्दा सम्पूर्ण उद्यमी व्यवसायीको मात्रैखनभई मुलुककैसिंगै आर्थिक अवस्था सुध्रिने पनि उनले बताए । आयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले उनलाई उपहार दिएका थिए भनेउपराष्ट्रपति झाले मेलाको अवलोकन पनि गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले मुलुकमा अन्रािष्र्टयस्तरको औद्यौगिक प्रर्दशनी स्थलको अभावबारे बताउँदै यसको लागिसरकारले समयमै चासोदिनुपर्ने कुरामा जोडदिए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद ताम्राकारको सभापत्तिवमा सम्पन्न कार्यक्रममा मेला मुलआयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले मेलाको विशेषताबारे प्रकाश पार्दै यसले भक्तपुरको समग्र विकासमा टेवा पुरयाउने विचार व्यक्त गरे । त्यस अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, मेला आयोजक समितिका सदस्य सचिव राजन धौभडेल, नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष यवक राजभण्डारी सदस्य पुण्याराम वखाद्योलगायतले मेलाको बारेमा बोलेका थिए ।

विहीबारदेखि २१ गतेसम्म चल्ने मेलाको नारा ‘मध्यपुर थिमिमा व्यापार मेला, तपाँई पहिला कि म पहिला ’ रहेको छ । मेलामा करिब डेढलाख दर्शकहरुको सहभागिता रहनुका साथै करीव १५ देखि २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने मुल आयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले बताएका छन् ।

मेलामा वडादशैंलाई लक्षित गरि सर्वसाधारणका लागि सुपथ मुल्यमा चामल, चिनी, घ्यु,लगायतका खाद्य सामाग्रीका साथै मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, विद्युतिय सामग्रीहरुको मिनि एक्स्पो, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य सामग्रीहरुको सुपथ मुल्य पसल लगायत सवारी साधन, फर्निचर, किचेन वयेर, एक गाऊं एक उत्पादन कार्यक्रम अन्तर्गतका वस्तुहरु तथा आधुनिक र परम्परागत सा“स्कृतिक नाचगान र फेशन शो पनि समावेश छ । मेलामा बालउद्यानका साथै नेवारी तथा खानेकुरासमेत गरि १३२ वटा स्टलहरु रहने छ । मेलामा दक्षिण एशियाली राष्ट्रहरु भारत, भुटान, वंगलादेश, चीन, पाकिस्तान र थाइलैण्ड का समेत स्टल छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...