विदेशी राष्ट्रले विद्रोहीलाई गर्दै आएको सहयोग रोक्नु पर्ने असदको माग

१४ कार्तिक । सिरियाका राष्ट्रपति बसर अल असदले विदेशी राष्ट्रले विद्रोहीलाई गर्दै आएको सहयोग रोक्नु पर्ने माग गरेका छन् ।

राष्ट्रपति असदले जेनेभामा हुने शँन्ति वार्ताका लागि तयार रहेको तर विद्रोहीलाई दिंदै आएको सहयोग नरोकिए वार्ता सफल हुन नसक्ने बताएका हुन् । बुधवार शँन्तिदुत लखदर ब्राहिमिनिसँग राजधानी दमासकसमा भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले सिरियाको भविष्यका बारेमा निर्णय लिने अधिकार सिरियाली जनतामा मात्र रहेको दावी गरे ।

असदले सिरियाको संकट समाधानको लागि गरिने प्रयासमा विदेशी चलखेल हुन नहुने धारणा अघि सारेका छन् । सिरियामा जारी संघर्षका कारण हालसम्म एक लाख १५ हजार मानिसको ज्यान गइसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...