विश्वकप क्रिकेटका लागि अफगानिस्तान छनौट

१८ असोज । अफगानिस्तान सन् २०१५ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा आयोजना हुने विश्वकप क्रिकेटको लागि छनोट भएको छ ।

शारजहा क्रिकेट मैदानमा शुक्रबार भएको वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियन्सको खेलमा केन्यालाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान पहिलो पटक एक दिवसीय क्रिकेटको विश्वकपको लागि छनोट भएको हो । टेष्ट मान्यताप्राप्त १० टिम स्वतः विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउँछन् भने चार वटा एशोसिएट राष्ट्रको सहभागिता जनाउने प्रावधान छ ।

एशोसिएटबाट आयरल्याण्ड यसअघि नै छनोट भइसकेको छ भने अफगानिस्तान छनोट हुने अर्को राष्ट्र बनेको छ । शुक्रबार भएको खेलमा केन्याले दिएको ९४ रनको सामान्य लक्ष्य अफगानिस्तानले १ सय ७५ बल बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि पहिले व्याटिङ गरेको केन्याले ४३ दशमलव तीन ओभरमा सबै विकेटको क्षतिमा मात्र ९३ रन बनाएको थियो । अरु २ टिमको टुंगो भने न्यूजिल्याण्डमा हुने छनोट प्रतियोगिताबाट गरिने छ । छनोट प्रतियोगितामा नेपाल सहित, नेदरल्याण्ड, स्कटल्याण्ड, केन्या, नामिबिया, क्यानडा, पपुवा न्यूगिनी, युगान्डा, हङकङ र युएईले प्रतिस्पर्धा गर्ने छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...