सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

१८ असोज । गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न नागरिकलाई आश्वस्त पार्ने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

५८ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा गृहमन्त्री घिमिरेले निर्वाचनमा निडर भई आफ्नो दायित्व पुरा गर्न प्रहरी संगठनलाई निर्देशन दिनुभएको हो । मन्त्री घिमिरेले मानवअधिकार उल्लंघन, महिला हिंसा, जातीय हिंसा लगायतका अपराध विरुद्धको अभियानलाई प्राथमिकतामा राखेर अभियान थाल्न समेत नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले भयरहित वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी तयार रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक रानाले नागरिक मैत्री सेवाका लागि प्रहरी सधै तयार रहने भन्दै शुन्य सहनशीलताको नीति अनुसार अघि बढ्न सिंगो प्रहरी संगठनलाई आग्रह गर्नुभयो । कार्यक्रममा अमर प्रहरीका परिवारलाई कदर पत्र प्रदान गरिएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि निरन्तर रुपमा असोज महिनामा प्रहरी दिवस मनाउँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...