इभर्टनसँग न्यूक्यासल युनाइटेड पराजित

१५ असोज । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा इभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इभर्टनले न्यू क्यासल युनाइटेडलाई दुईका विरुद्ध तीन गोलअन्तरले हराएको हो ।

खेल सुरु भएको पाँच मिनेट पनि बित्न नपाउँदै इभर्टनका लागि रोमेलु लुकाकुले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा रोस बार्कलेले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षीय रहेको खेलको ३७ औं मिनेटमा लुकाकुले आफ्ना लागि दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे ।

पहिलो हाफसम्म तीन—शून्य गोलअन्तरले पछाडि रहेको न्यू क्यासलका लागि ५१ औं मिनेटमा योहन काबायले गोल गर्दै क्लबलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ८९ औ मिनेटमा लोइक रेमीले गोल गरेका थिए ।

त्यस पछि खेलमा थप गोल भएन र खेल इभर्टनले तिन—दुई गोल अन्तरले जित्यो । यो जितसंगै इभर्टनले १२ अंक बनाउदै लिगको चौथौ स्थानमा उक्लिएको छ । अहिलेसम्मको अंक तालिकामा १५ अंकका साथ आर्सनल लिगको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १३ अंक छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...