विश्व अहिंसा दिवसका अवसरमा विविध कार्यक्रम

१६ असोज । आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाइदै आइएको छ।

अहिंसा दिवसका अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्र्तक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् ।

नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउनु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...