अन्तरंग र अप्रेसन सेवा बन्द भएपछि विरामीलाई सास्ती

१८ असोज । अस्पतालमा भर्ना भएका बिरामीमा संक्रमण फैलिएपछि जिल्ला अस्पताल इलामको अन्तरंग र अप्रेशन सेवा बन्द भएको छ ।

भर्ना भएका दुई सुत्केरी महिलालाई ज्वरो आएको र अन्य बिरामीमा समेत संक्रमण देखिएको भन्दै अस्पतालको सेवा बन्द गरिएको हो । अस्पतालको अन्तरंग सेवा बन्द भएपछि उपचाररत् २० जना विरामीलाई बाहिर पठाइएको छ । अस्पताल प्रशासनले बिरामीका कुरुवाहरुको भीडभाडका कारण संक्रमण बढेको दाबी गरेको छ । हाल अस्पतालमा १५ शैया क्षमता भएपनि सरदर २५ विरामी भर्ना हुने गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...