चेक जाँचका नाममा सीमा क्षेत्रमा सास्ती

१५ असोज । चाडबाड नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । कैलालीस्थित सीमा नाकाबाट मात्रै दैनिक ३ सयको हाराहारीमा नेपाली घर फर्किन थालेका छन् ।

सुदूर तथा मध्य पश्चिमका जिल्लाबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्कदा समी क्षेत्रमा लुटिने र कुटिने गरेका छन् । उनीहरु लुटपाट गर्ने गिरोहबाट मात्रै नभई भारतीय कष्टमका कर्मचारी र सुरक्षाकर्मीबाटै लुटिने गरेका छन् । भारतीय कष्टमका कर्मचारीहरुले घर फर्किदै गरेका नेपालीबाट सामान चेकजाँच गर्ने नाममा पैसा असुल्ने गरेको उनीहरुको गुनासो छ ।
सीमा क्षेत्रमा नेपाली लुटिने र कुटिने क्रम विगत लामो समयदेखि चल्दै आएको उहीहरुको अनुभव छ । यसबारे बेला बेलामा हुने दुई देशका अधिकारीहरुबीचको बैठकमा भारतीय पक्षले सीमामा नेपालीले भोग्नु परेको समस्यालाई न्यून गर्ने आश्वासन दिएपनि कार्यन्वयन भने गरेको छैन । एक साता अघि मात्रै कैलालीको धनगढीमा सीमा जोडिएका दुई देशका चार जिल्लाका अधिकारी सम्मिलित बैठक सम्पन्न भएको थियो । बैठकले दुवै देशका सीमामा आ–आफ्ना नागरिकका गुनासा सुन्ने नागरिक सहायता कक्ष स्थापना गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार नेपालले तीन दिनअघि मात्रै नागरिक सहायता कक्ष स्थापना गरेको छ । यो कक्षमा तीन दिनमा २६ जनाले आफूहरु लुटिएको भन्दै गुनासो गरेका छन् ।
कतिपय नेपालीले भने समस्या भएपनि आफ्नो समस्याका बारेमा बोल्न नचाहेको पाईएको छ । आफूले भोगेको समस्याका बारेमा कही कतै जानकारी दिए थप दुःख पाउने त्रासले उनीहरुले आफ्ना समस्या देखाउन नचाहेको उनहिरुको भनाई छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...