ट्राफिक प्रहरीको विशेष अभियान शुरु

१७ असोज । दशैं–तिहार जस्ता चाडपर्वमा हुने दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान शुरु गर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दशैं–तिहारजस्ता चाडपर्वमा हुने दुर्घटनामा कमी ल्याउन विशेष अभियान सार्वजनिक गरेको हो ।
चाडपर्वका बेला मदिरा सेवन गरी सवारी चलाउने गरेका कारण दुर्घटना बढ्ने गरेकाले दशैं–तिहारको अवधिममा दिउँसो पनि मापसे चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई सार्वजनिक मुद्दा चलाइने र ट्राफिक नियम उल्लंघन गर्नेलाई विशेष निगरानी गरिने महाशाखाले जनाएको छ । दशैं–तिहारमा घर जानेहरू नठगिउन् भनेर उपत्यकाभित्रका १२ स्थानमा नागरिक सहायता कक्ष पनि सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...