एमाओवादी आक्रमणमा उत्रिएको भन्दै काँग्रेसबाट भत्र्सना
१४ कार्तिक । नेपाली कांग्रेसले चुनाव प्रचारका क्रममा प्रतिस्पर्धी दल एमाओवादी समेत आक्रमणमा उत्रिएको भन्दै भत्र्सना गरेको छ ।
अज्ञात समूहबाट, चुनाव विरोधी शक्तिहरूबाट र एकीकृत माओवादीबाट समेत हिंसात्मक गतिविधि जारी रहेको भन्दै नियन्त्रणका लागि काँग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले नेकपा माओवादी सहितका चुनावको विपक्षमा रहेका दललाई आफ्ना राजनीतिक गतिविधी सभ्य ढंगले संचालन गर्न आग्रह गर्दै हिंसात्मक गतिविधिको जिम्मा लिनुपर्ने अवस्थाप्रति सचेत हुन आग्रह गरेको छ ।
कांग्रेसले नेकपा–माओवादीसहितका दललाई चुनावमा सहभागी गराउने प्रयास सफल हुन नसकेको भन्दै अझै पनि संविधानसभामा सहभागी गराउने विकल्पको खोजी भइरहको बताएको छ ।
0 comments
Write Down Your Responses