समानुपातिकका उम्मेदवारको बन्दसूची बुझाउँदै

१८ असोज । चुनावमा समानुपातिकतर्फ भाग लिने दलहरूले शुक्रबार उम्मेदवारको बन्दसूची बुझाउँदै छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरूले समानुपातिकतर्फ तीन सय ३५ सिटका लागि बन्दसूची बुझाउनुपर्ने छ । दलहरूले ५० प्रतिशत महिलाका साथै आदिवासी, जनजाति, मधेशी, दलित, अल्पसंख्यक र पिछडा वर्गको प्रतिनिधित्व हुनेगरी बन्द सूची बुझाउनुपर्नेछ । समानुपातिकतर्फ सहभागी हुन एक सय २४ दलहरूले असोज १४ गते निवेदन दिएका थिए । आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्न बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्मको समय तोकेको छ । त्यस्तै, निर्वाचन आयोगले बिहीबार प्रत्यक्ष्ँतर्फ उम्मेदवारी दिएका नेताहरूको नामावली शुक्रबार प्रकाशन गर्दैछ । बिहीबार देशभरका दुई सय ४० निर्वाचन Ôेत्रमा दलहरू तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...