महिला अधिकारका लागि ललितपुरमा महिला भेला

१५ असोज । महिला आन्दोलनले समेटेका बिषयमा समिक्षा र बिश्लेषण गर्न मंगलबारदेखि ललितपूरमा महिला सम्मेलन सुरु भएको छ ।

नेपालमा भएका महिला आन्दोलन र यसले समेटेको सवालललाई प्राज्ञिक तहमा समिक्षा र विश्लेषण गर्न सम्मेलनको आयोजना गरेको अस्मिता महिला प्रकाशन गृहले जनाएको छ । पहिचान, शक्ति र रुपान्तरणकालागि महिलाको भूमिका विषयक महिला सम्मेलनमा ३० जिल्लाका प्रतिनिधीहरु सहभागी भएका छन । सम्मेलनमा लोकतान्त्रिकरण र महिलाका राजनैतिक, आर्थिक, सामाजिक अवस्था लगायतका १८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने छ । दुई दिन सम्म चल्ने सम्मेलनमा महिलाहरुले लेखेका पुस्तक प्रदर्शनीमा राखिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...