लिम्बुवानको बन्दले पूर्वको जनजीवन प्रभावित

१७ असोज । संविधानसभा निर्वाचनको विरोधमा मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्ले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।

परिषद्ले मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा कोसी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लालाई लिम्बुवान् क्षेत्र भन्दै बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि यस क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र कोसी राजमार्गमा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् ।

यसैबीच संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको बिहीबार मनोनयन हुने भएकाले झापाको सदरमुकाम चन्द्रगढी–भद्रपुरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न चोक र सडकमा प्रहरी टोली परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...