सिन्धुलीमा राहदानी वितरणमा समस्या

१६ असोज । जिल्ला प्रशासन कार्यलय सिन्धुली र राहदानी विभागबीच समन्वय नहँुदा जिल्लामा मेशिन रिडेबल पासपोर्ट (एमआरपी) वितरणमा समस्या भएको छ ।

पासपोर्टका लागि जिल्लामा भरिएका फारम जनकपुर हुंदै काठमाण्डौ आउने र काठमाडौंमा बनेका पासपोर्ट जनकपुर हुदै जिल्ला पठाइदा सेवाग्राहीले समयमा राहदानी पाउन सकेका छैनन । ३५ दिनभित्र पासपोर्ट पाइने भनिएपनि ३ महिनामा समेत पासपोर्ट नपाउँदा सेवाग्राही समस्यामा परेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सिन्धुलीमा चालु आर्थिक वर्ष ७०÷७१ मा भरिएका फारम, राहदानी विभागले अहिलेसम्म पठाएको छैन । चालु आर्थिक वर्षको असोज १५ गतेभित्र मात्रै जिल्लाबाट ८ सय २६ जनाले राहदानी लिन फारम भरेका र द्रुत सेवाका लागि ११ सय ६१ जनाले सिफारिस लगेको प्रशासन कार्यलयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...