ओबामाको मलेशिया भ्रमण रद्द

१६ असोज । अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्को साता तय भएको मलेशियाको भ्रमण रद्द गरेका छन् ।

अमेरिकामा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्नुपर्ने अवस्था आएकाले राष्ट्रपति ओबामाले आफ्नो मलेसिया भ्रमण स्थगन गरेको बताइएको छ । आउँदो वर्षको सरकारी कामकाजको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्न सुरु गरेको छ ।
यो निर्णयका कारण सात लाखभन्दा बढी संघीय कर्मचारीहरूलाई केही महिनाका लागि बेतलवी बिदा दिइनेछ । राष्ट्रपति ओबामाले देशमा देखिएको संकट सुल्झाउन मलेसिया भ्रमणमा नजाने ह्वाइट हाउसले जनाएको छ । मलेसियामा हुने कार्यक्रममा विदेश मन्त्री जोन केरिले ओबामाको प्रतिनिधित्व गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...