स्थानीय र प्रहरीको सक्रियतामा गाँजा नष्ट (फोटो फिचर)

१७ असोज । तनहुँको घाँसीकुवा गाविसको छिर्कनमा बुधबार प्रहरी तनहुँ र स्थानीयको संयुक्त प्रयासमा करिब ३० क्विन्टल गाँजा नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्चार्ज प्रहरी निरीक्षक राजकुमार सिलवालको नेतृत्वमा खटिएको टोलीले घाँसीकुवा–८ छिर्कन र २ का स्थानहरुमा समेत गरी ३५ सय भन्दा बढी गाँजाको बोट काटेर नष्ट गरेको हो ।

गाँजाको कारोबार हुन सक्ने सम्भावना र आसन्न संविधानसभाको निर्वाचनका लागि सुरक्षा प्रवन्धमा समेत सहयोग हुने हुँदा गाँजा खेती नष्ट गर्ने अभियान थालिएको प्रहरी निरिक्षक सिलवालले बताउनुभयो । राजमार्गसहित सो क्षेत्रका डाँडाकाँडामा रहेका गाँजाका बोट विरुवाहरु प्रहरी र स्थानीयको तीन वटा टोलीले छुट्टाछुट्टै रुपमा परिचालन गरिएको थियो ।

गाँजाको बोट नष्ट गर्ने अभियान पछि घरेलु मदिरा नष्ट गर्ने योजना रहेको प्रहरीले बताएको छ । गाँजा नष्ट गर्ने अभियानमा प्रहरीसंगै अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रेका इञ्चार्ज प्रहरी सहायक निरिक्षक कृष्ण पाण्डे नेतृत्वको ट्राफिक टोली, दि युनाइटेड क्लब छिर्कन, शिवालय आमा समुह र लाङ्गघाली आमा समुह लगायतका संघ संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । यस अघि बरभञ्ज्याङ्गमा ५० क्विन्टल गाँजा नष्ट गरिएको थियो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...