१४ कार्तिक । ए डिभिजन लिग च्याम्पियन थ्रिस्टार क्लब र मनाङ मस्याङदी क्लब तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन् ।
पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा थ्रिस्टार क्लबले हङकङ नेप्लिज फेडेरेसनलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो । खेल सुरु भएको ७ मिनेटमा नै हङकङले पेनाल्टी हान्ने मौका प्रfप्त ग¥यो । सो अबसरलाई भिक्टोरले सदुपयोग गदै गोल गरे र खेललाई एक—शुन्यको अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी परेको थ्रिस्टारका लागी खेलको ५८ औ मिनेटमा प्रकास बुढाथोकीले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए ।
बुढाथोकीले बिक्रम लामाको पासमा गोल गरे । ६८ औ मिनेटमा सबिन्द्रको पासमा डोडोजले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल थ्रिस्टारले दुई—एक गोल अन्तरले जित्यो । यस अधि मनाङ मस्याङदी क्लबले नेपाल आर्मी क्लबलाई दुई—एक गोल अन्तरले हराउदै अन्तिम दुईको यात्रा तय गरेको थियो । फाइनल खेल भोली हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment