नेकपा–माओवादी सहभागी नभएपनि चुनाव हुन्छः श्रेष्ठ

१७ असोज । एकिकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले मंसिर ४ गतेको संविधानसभाको निर्वाचन नेकपा–माओवादी विनाको चुनाव हुने बताउनु भएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय हेटौडामा पुग्नु भएका नेता श्रेष्ठले संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै यस्तो बताउनु भएको हो । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसहितका दलहरुलाई चुनावी प्रक्रियामा ल्याउने प्रयास विफल भएको उहाँको भनाई थियो ।
एमाओवादी र नेकपा–माओवादीबीचको एकता समेत अहिलेको परिस्थितिमा टरेको नेता श्रेष्ठको भनाई छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टप्रतिको आस्थाका कारण मकवानपुर क्षेत्र नम्बर २ बाट आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...