दलका शीर्ष नेताहरूलाई चुनावी सभाको चटारो

१४ कार्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी एक वर्षभित्रमा नयाँ संविधान जारी गरेरै छोड्ने दोहो¥याउनु भएको छ ।

म्याग्दीको बेनीमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६ महिनाभित्र संविधानको मस्यौदा तयार गरी जनतामा लैजाने र एक वर्षभित्रमा नयाँ संविधान जारी गर्ने दोहो¥याउनु भएको हो । उहाँले अघिल्लो संविधानसभामा आफूहरू ठूलो पार्टी बनेपनि संविधान बनाउन तथा सरकार चलाउन स्पष्ट बहुमत नभएकाले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले परिवर्तनकारी शक्तिलाई बहुमत नदिए देश झन अप्ठ्यारोमा पर्ने बताउनुभयो । सडकमार्ग भएर म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले विहीबार एकै दिन बेनी, कुश्मा, बागलुङ, कास्कीको ढिकुरपोखरीमा भएको आमसभालाई सम्बोधन गर्नुभएको थियो ।

यसैबीच नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेसले जितेमात्र लोकतन्त्रको जगेर्ना हुने बताउनुभएको छ । बाँकेको वीपी चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले नेपाली नताको भाग्य र भविष्य कांग्रेसकै हातमा भएको र लोकतन्त्रको समेत रक्षा गर्नसंविधानसभा चुनावमा बहुमत ल्याउनुपर्ने बताउनुभयो । उहाँले चुनाव सफल पार्न हरेक बुथ कमिटीमा कार्यकर्ता खटाउने बताउनुभयो । सभापति कोइरालाले चुनाव लोकतन्त्रको आधार भएको भन्दै चुनावबाटै जनताको मन जित्न सबैलाई आग्रह समेत गर्नुभयो ।

यसैबीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अवको चुनावबाट एमाले शक्तिशाली पार्टी बन्ने दावी गर्नुभएको छ । एमालेका तर्पmबाट इलाम क्षेत्र नम्बर १ को प्रत्यक्ष उम्मेदवारसमेत रहेका खनालले आफ्नो क्षेत्र गोदकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै खनालले काङ्ग्रेस र एमाओवादीभन्दा एमाले शक्तिशाली बन्ने दावी गर्नुभएको हो । उहाँले यसअघिको चुनावमा माओवादीले झुक्याएर र जनतालाई ढँँटेर सबैभन्दा ठूलो पार्टी बनेपनि अब त्यो अवस्था नरहेको जिकिर गर्नुभयो । अध्यक्ष खनालले जनताले परिवर्तन र विकास चाहेको भन्दै जनताको भावना अनुसार चल्ने पार्टी एमाले मात्रै भएको जिकिर गर्नुभयो । खनालले एकै दिन इलामका चार स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्न भ्याउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...