टी–२० क्रिकेटको उपाधी त्रिभुवन आर्मीलाई

१८ असोज । त्रिभुवन आर्मीले पहिलो सहभागितामै टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पाँच विकेटले हराउँदै आर्मी नयाँ च्याम्पियन भएको हो । उपाधिसँगै आर्मीले नगद १ लाख २५ हजार रुपैया हात पारेको छ । एपीएफले भने ७५ हजारमा चित्त बुझाएको छ । वर्षाका कारण खेल १६ ओभरमा छोट्याइएको थियो ।

पहिले व्याटिङ गरेको एपीएफले १६ ओभरमा ७ विकेटको क्ष्ँतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो । जसमा प्रदीप ऐरीले सर्वाधिक २७ रन बनाएका थिए । एपीएफलाई कम योगफलमा समट्ने क्रममा आर्मीका राहुल विश्वकर्मा र चन्द्र साउदले समान २–२ विकेट लिएका थिए । त्यस्तै, अभिनाश कर्ण, राजेश पुलामी र सागर पुनले समान एक–एक विकेट लिए । जवाफमा व्याटिङ गरेको आर्मीले ५ बल बाँकी छँदा नै पाँच विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । आर्मीका लागि विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्काको मदतमा ३० रन बनाएका थिए । त्यस्तै, अनिल मण्डलले २३ रन जोडे । एपीएफका पारस खड्का र शक्ति गौचनले २–२ विकेट लिएका थिए ।

प्रतियोगितामा एपीएफका ज्ञानेन्द्र मल्ल उत्कृष्ट व्याट्सम्यान घोषित भए भने क्षेत्र नम्बर ५ नेपालगञ्जका आकास विष्ट उत्कृष्ट बलर बने । दुबैले समान १० हजार प्राप्त गरे । यस्तै म्यान अफ दि सिरिज नेपालगञ्जका महेश क्षेत्रीले १५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...