लाखौ मूल्य बराबरको सामान विमानस्थलबाट चोरी

१६ असोज । ब्राजीलको बिमानस्थलबाट लाखौं डलर बराबरको टैब्लेट र नोटबुक चोरी भएको छ ।


१० जना लुटेराले बिमानस्थल प्रवेश गर्ने क्रममा सुरक्षागार्डलाई बन्धक बनाई ती सामान लुटेका हुन् । आफनै सवारीसाधन लिई बिमानस्थल आएका लुटेरा मध्ये केहीले सुरक्षाकर्मीको पोशाक लगाएका थिए । टैब्लेट मात्र ५९ वटा बक्स लगेका छन् । ब्राजीलमा आगामी बर्ष हुने विश्वकपको सुरक्षा ब्यबस्था कडा बनाइएको बताइएपनि चोरीको यो घटना भएको हो । लुटिएका सामानको मूल्य आठ लाख अमेरिकी डलर रहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...