सिरियामा आतंकबादी समूह सक्रिय रहेको दाबी

१५ असोज । सिरियाका विदेशमन्त्री वालिक मौलेमले सिरियामा करिब ८३ देशका आतंकवादी समूह सक्रिय रहेको दाबी गरेका छन् ।

विदेशमन्त्री मौलेमले ८३ देशका आतंकवादी समूहहरूले सिरियाली सैनिक र जनताको हत्या गरिरहेको आरोप लगाएका हुन् । उनले यो स्थितिको अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनासँग तुलाना गर्दै सिरियाली संकट समाधान गर्न अन्तर्राष्ट्रियस्तरमै शान्ति वार्ता गर्नुपर्ने बताए । विदेशमन्त्री मौलेमले टर्की, साउदी अरेविया र कतारले सिरियाली विद्रोहीलाई सहयोग गरिरहेकोसमेत आरोप लगाए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...