नेपाली काँग्रेसको कार्यालयमा तालाबन्दी

१५ असोज । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ८ मा उम्मेदवार छनोटमा धाँधली भएको भन्दै असन्तुष्ट कार्यकर्ताले क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरूले टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप लगाउँदै लोकप्रिय दाबेदार ललितबहादुर श्रेष्ठलाई छाडेर रमेशजंग रायमाझीलाई टिकट दिएको गुनासो गरेका छन् । मोरङको क्षेत्र नम्बर ८ मा श्रेष्ठ, लोकप्रसाद संग्रौला र रमेशजंग रायमाझीको नाम सिफारिस गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...