नर्सरी व्यवसायतर्फ कृषकको आकर्षण बढ्दो

१८ असोज । पुष्प ब्यावसायबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरु नर्सरी व्यवसायतर्फ आर्कषित भएका छन् ।

खाद्यन्न बालीमा बिभिन्न प्रकारका किरा तथा रोगले सताउदा उत्पादन घटेपछि मोरङका किसानहरुले पेशा परिबर्तन गर्दै पुष्प व्यवसाय गर्न थालेका हुन् । किसानहरुले मोरगंको मंगलबारेमा बिभिन्न प्रकारका तीनसय भन्दा बढी नर्सरी तयार गरी बेर्ना उत्पादन गर्दै आएका छन् । उत्पादन गरिएका बिरुवाहरु दमक, उर्लाबारी, बिर्तामोड र धरानसम्मका व्यपारी आएर लाने गरेको व्यवसायीहरुले बताएका छन् । पूर्वमा मात्र बार्षिक तीन करोड भन्दा बढी रुपैयाँको बिरुवा खपत हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...