मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निर्यात

१६ असोज । दशैं तिहारजस्ता चाडपर्वमा मासुका लागि मुस्ताङ जिल्लाबाट २५ हजार भेडाच्याङग्रा निर्यात हुने भएका छन् ।

उपल्लो र तल्लो मुस्ताङका किसानले पालेका भेडाच्याङग्रा खरिदका लागि मुस्ताङ पुगेका विभिन्न जिल्लाका व्यापारीहरु खसी छान्न व्यस्त भएका छन् । जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका करिब २५ हजार भेडाच्याङग्रा निर्यात गर्ने तयारी भएको छ ।

यो वर्ष खोरेत रोगको कारण उत्पादनमा कमि आउँदा मुस्ताङबाट गत वर्षको तुलनामा आधामात्र भेडाच्याङग्रा निर्यात हुने भएको कार्यालयका प्रमुख गुरुप्रसाद खकुरालले बताउनुभयो । गत वर्षको तुलनामा यसपाली भेडाच्याङ्ग्राको मूल्य भने आकासिएको छ । अहिले मुस्ताङमै प्रतिगोटा च्याङ्ग्राको मूल्य रु १५ हजार र भेडाको रु १३ हजार परेको व्यापारीहरुले बताएका छन् ।

मुस्ताङमा स्वास्थ्य परिक्षण गरेपछि स्वस्थ पशुमात्र निकासी गर्ने व्यवस्था गरिएको छ । हिमाली क्षेत्रमा पालीएका भेडाच्याङग्राले जडीवुटी खाने हुदा स्वस्थ्यकर र मासु स्वादीलो मानिएकाले मासु खान भेडाच्याङग्रा उपभोक्ताको रोजाईमा पर्ने गर्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...