इटालीमा डुंगा डुब्दा १ सय ११ जनाको मृत्यु

१८ असोज । इटालीको लाम्पेडुसामा बिहीबार आगलागीसँगै डुंगा डुब्दा मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।

केही व्यक्ति हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । एक सय ५० भन्दा बढी यात्रुको उद्धार गरिसकिएको अधिकारीहरूले जनाएका छन् । डुंगा करिब आधा माइल तल पानीमा डुबेको छ । करिब पाँच सय यात्रु सवार डुंगामा अधिकांश सोमालिया र इरिट्रियाका नागरिक थिए । क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...