काँग्रेसले अधिकांश उम्मेद्ववारको टुंगो लगायो

१५ असोज । नेपाली कांग्रेसले संविधानसभा चुनावका लागि प्रत्यक्ष तर्फका ४–५ विवादीत क्षेत्र बाहेक सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।

गत आठ गतेदेखि जारी संसदीय समितिको बैठकले सोमबार रातिसम्म अधिकांश क्षेत्रका उम्मेदवारको छनोट सकेको हो । छानिएका उम्मेदवारहरूलाई मंगलबारै टिकट प्राप्त भएको पत्र दिएर निर्वाचन क्षेत्र पठाइएको छ । दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पत्र वितरण भइरहेको छ । तर, समानुपातिकतर्फका उम्मेदवारहरूबारे भोलिमात्र टंगो लगाउने कांग्रेसले जनाएको छ । कांग्रेसको टिकट वितरण भइरहँदा सन्तुलित बनाउन माग गर्दै विभिन्न जिल्लाका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका थिए ।

यसैबीच संविधानसभा चुनावका लागि एकलौटी ढंगले सिफारिस गरेको भन्दै कांग्रेसका कार्यकर्ताले मंगलबार पार्टी कार्यालय घेराउ गरेका थिए । पार्टी नेतृत्वले आफू निकटका नेताहरूलाई मात्र प्रत्यक्ष तर्फको टिकट दिएको भन्दै उनीहरूले मंगलबार बिहान सानेपास्थित पार्टीको मुख्य कार्यालय घेराउ गरेका हुन् । स्याङ्जा, धादिङ् तथा भक्तपुरका कार्यकर्ताहरूले जिल्लामा नाम चलेका नेताहरू सिफारिसमा नपरेको भन्दै तत्काल सूची परिवर्तन गर्न माग गरेका छन् । नेपाली कांग्रेस संसदीय दलले प्रत्यक्षतर्फको नाम तोक्न सुरु गरेसँगै विभिन्न जिल्लामा विरोध सुरु भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...