प्रचण्डको परिवारबाट मात्रै चार जना उम्मेद्वार

१७ असोज । मंसिर ४ गते हुने संविधान सभा चुनावका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको परिवारबाट मात्रै चार जना उम्मेद्वार भएका छन् ।


माओवादी अध्यक्ष प्रचण्ड, उनका भाइ नारायण दाहाल, छोरी रेणु र बुहारी बिना प्रत्यक्षका उम्मेद्वार हुन् ।
अध्यक्ष प्रचण्ड काठमाडौं १० र सिरहा ५ बाट उम्मेद्वार भएका छन् । उनले छोरी रेणु दाहाललाई काठमाडौं १ बाट टिकट दिएका छन् भने, भाइ नारायण चितवन ३ र कान्छी बुहारी बिना मगरलाई कञ्चनपुर १ बाट उम्मेद्वार बनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...