१० मिनेट बाजुराको दर्शन गरेर फर्के डा. भट्टाराई

कृष्ण अविरल
एकीकृत नेकपा माओवादीले बाजुरा जिल्लाको कोल्टीमा आयोजना गरेको चुनावी आमसभालाई संवोधन गर्न पुगेका एमाओवादी वरिष्ठ नेता डाक्टर बाबुराम भट्टाराई १० मिनेट मै फिर्ता भएका छन् ।

दिउँसो ३ बजेर ४७ मिनेट जाँदा हेलिकप्टर मार्फत कोल्टी पुगेका नेता भट्टाराईले कार्य व्यवस्तता देखाउँदै ४ नबज्दै फिर्ता भएका हुन् । उनले कार्यक्रममा १० मिनेट मात्र संवोधन गरेका थिए । उनी हुम्ला र मुगुको कार्यक्रम संवोधन गरी एक घण्टाको समय लिएर कोल्टी आएका हुन् । कोल्टीमा एमाले र एमाओवादी बीच झडप हुने संकेत पाएपछि असुरक्षाको महशुस गरेर फिर्ता भएको बताइएको छ । एमालेका भन्दा आफ्ना कार्यकर्ताको संख्या कम देखेपछि छोटो संवोधन गरेर फिर्ता भएको त्यहाँ रहेका एक स्थानीय पत्रकार अनिल शाहीले बताए ।
उनले संवोधनमा काँग्रेस र एमालेका कारण संविधान सभाको अवसान भएकोले अब एमाओवादीलाई बहुमत दिए ६ महिना मै संविधान निर्माण गर्ने बताए । जम्मा १० मिनेटको समय लिएर कोल्टी पुगेका डा. भट्टाराईले बाजुराबाट एमाओवादीलाई जिताए, स्वास्थ्य र शिक्षा सबैका लागि निशुल्क गरिदिने आश्वासनसमेत दिए । उनकै कार्यक्रम स्थलमा एमाले र एमाओवादी कार्यकर्ताबीच झडप भएपछि चुनावी सभाको १० मिनेट दर्शन गरेर फर्केका थिए ।
कात्र्तिक १५ गते सोहि ठाउँमा गर्ने लागेको चुनावी सभालाई संवोधन गर्न आएका एमाले पोलिटव्यूरो सदस्य वेदुराम भुषाललाई एमाओवादी कार्यतर्ताले ढुङ्गा प्रहार गरेपछि झडप भएको प्रहरीले बताएको छ । झडपमा दुई जना एमालेका कार्यकर्ता सामान्य घाइते भएको एमालेका युवा नेता जनक कुमार बोहराले बताए ।

एमाओवादीले भने आफ्ना दर्जन बढी कार्यकर्ता घाइते भएको बताएको छ । यस बारेमा एमाओवादी प्रत्यक्ष उम्मेदवार सहदेव बोगटीले आफुहरु माथि आक्रमण गरिएको बताएका छन् । कोल्टी विमान स्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी नायव निरीक्षक जय जागरीले भने झडप भएपनि घाईते कुनै पक्षको नभएकोे बताए । उनले दलका कार्यकर्ताले प्रहार गरेका ढुङ्गा प्रहरीलाई लागेको बताए । एमाओवादी प्रत्यक्ष उम्मेदवार सहदेव बोगटीको श्रीमतिले एमाले पोलिटव्यूरो सदस्य वेदुराम भुषाल कोठामा जानेक्रममा ढुङ्गा प्रहार गरेकी थिईन । त्यसपछि एमाले कार्यकर्ताले प्रतिकार गरेको बताइएको छ । झडपका क्रममा एमाओवादी कार्यकर्ताले एमाले कोल्टीमा रहेको सम्पर्क कार्यालयमा तोडफोड गरेका छन् ।
विहिबार विहानमात्र कोटीलामा पनि एमाले र एमाओवादी कार्यकर्ता बीच झडप भएको छ । झडपमा एमालेको एक जना र एमाओवादीको ६ जना घाइते भएको बताइएको छ । एमाओवादीले घटना योजनावद्ध रुपमा गरिएको आरोप लगाएको छ । दुबै पक्षबीच झडपको संभावना बढेकोल कोल्टीमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...