नुवाकोटमा शीर्ष नेताको पुत्ला दहन

१७ असोज । चुनावको विरोध गर्दै आएको नेकपा–माओवादीले विहीबार नुवाकोटमा शीर्ष चार नेताको पुत्ला दहन गरेको छ ।

निर्वाचन अयोगले दलहरूलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको आह्वान गरेको समय पारेर नेकपा–माओवादी कार्यकर्ताले शीर्ष नेताको पुत्ला जलाएका हुन् । नेकपा माओवादी नुवाकोटले बट्टार बजारमा शीर्ष नेताहरु एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष बिजयकुमार गच्छादारको पुत्ला जनाएका छन् ।

पुत्ला दहन कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य लक्ष्मी मुडबरीले यथास्थितीमा गर्न लागिएको चुनावले मुलुकलाई निकासको बाटो भन्दा भिडन्त तर्फ लैजाने भएकाले बिरोध गर्नुपरेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...