समानुपातिकतर्फ १२० दलबाट बन्दसूची दर्ता

१८ असोज । चुनावमा समानुपातिकतर्फ भाग लिन एक सय २० वटा दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका शीर्ष नेताको नेतृत्वमा दलहरू निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराएका हुन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरूले समानुपातिकतर्फ तीन सय ३५ सिटका लागि आ–आफ्नो पार्टीको बन्दसूची दर्ता गराएका थिए ।

बन्दसूची पेश गर्दा दलहरूले ५० प्रतिशत महिलाका साथै आदिवासी, जनजाति, मधेशी, दलित, अल्पसंख्यक र पिछडा वर्गको प्रतिनिधित्व समानुपातिक रूपमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा निवेदन दर्ता गराएका एक सय २४ दलमध्ये चार वटा दलले बन्दसूची दर्ता गराएनन् । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्न विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्मको समय दिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...