अल्ट्रालाइट विमान दुर्घटना, दुई जनाको मृत्यु


१७ असोज । पर्यटकलाई दृश्यावलोकनका लागि उडेको अल्ट्रालाइट विमान आज बिहान ९ बजे पुग्दीभुम्दी गाविसको शान्तिस्तूप डाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विमानचालक क्याप्टेन स्टेभेन श्रेष्ठ र र चिनियाँ जुन लियु छन् । सख्त घाइते भएपछि उनीहरुलाई उपचारार्थ चरक अस्पतालमा ल्याइएकामा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा आज बिहानैदेखि पानी परेको र डाँडाकाँडा कुहिराले ढाकेकाले विमान सन्तुलनमा लिन नसक्दा खसेको अनुमान प्रहरीले गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...