नेटोको कारबाहीमा १२ तालीवानीको मृत्यु

१४ कार्तिक । अफगानिस्तानमा अफगान प्रहरी, सेना र नेटोआबद्ध सैनिकले गरेको कारवाहीमा १२ तालिवानी मारिएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा तालिवानी लडाकुविरुद्ध यस्ता सैनिक कारवाही जारी राखिने उल्लेख छ । अफगानिस्तानको घोर, फराह, हेरात, खोस्त, गजनी, लोगार, उरुज्गान, कान्दाहार, जोनजना, लाघमान, नुरिस्तान र कुनार प्रान्तमा संयुक्त सेनाको कारवाही जारी छ । संयुक्त सेनाको कारवाहीमा दिनहुँ दर्जनौं तालिवानी मारिदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...