आणविक हतियार निर्माणमा फड्को मार्दै इरान

१६ असोज । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले चार वर्षभित्रै अमेरिकासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र बनाउने दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इरानले आणविक हतियार बनाइरहेको स्पष्ट प्रमाण रहेको भन्दै उसको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको भ्रममा नबस्न आह्वानसमेत गरेका छन् । आक्रामक रुपमा सम्बोधन गरेका नेतान्याहुले कुटनीतिक समाधान नभए सैन्य हमला गर्ने संकेत गर्दै इजरायल एक्लैले पनि इरानको आणविक महत्वकांक्षा रोक्ने चेतावनी दिए । आणविक शक्ति सम्पन्न इरानसँग उत्तर कोरिया जस्ता ५० वटा मुलुकलाई ध्वस्त पार्न सक्ने क्षमता रहेकाले विश्व समुदाय चुप लागेर बस्न नहुने उनले बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...