धनुषामा एक महिलाका हत्या

१७ असोज । धनुषाको जनकपुरमा एक महिलाको हत्या भएको छ ।

जनकपुर नगरपालिका वडा नंम्बर १३ रानी टोलकी ३५ वर्षिया पुनम देवीको हत्या भएको हो । विहीबार बिहान सुतिरहेको अवस्थामा पुनमका देवर नागेन्द्र राउतले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हतियार प्रहारबाट घाइते भएकी पुनमलाई अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्युभएको थियो । हत्यामा संलग्न राउत फरार छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...