अन्तर्राष्ट्रि बालिका दिवस भव्यरुपमा मनाइयो

दीपा आले ।
“बालिका शिक्षाको लागि नविनतम् प्रयास गरौ दियो बालौ उज्यालो फैलाऔं” भन्ने मुल नाराका साथ शुक्रबार नेपालगन्जमा दोस्रो अन्तर्राष्ट्रिय बालिका दिवस –२०१३ भब्य रुपमा मनाइएको छ ।

बालक भन्दा बालिका शिक्षा देखि पछाडि परेको भन्दै बालिकाहरुले उच्च शिक्षा पढ्न पाउनु पर्ने माग गरेका थिए । घुम्टो भित्र रहेका मुस्लिम समुदायका बालिकाहरुसमेत हातमा प्लेकार्ड बोकेर ¥यालीमा सहभागी हुंदै उनीहरुले आफ्नै संस्कृति भित्र रहेर उच्च शिक्षा पढ्न पाउनुपर्ने मागर गरेका थिए ।
शिक्षा लगायत विभिन्न अधिकारदेखि बञ्चित रहेका पछाडि परेका सिमान्तकृत बालिकाहरुलाई राज्यले उच्च शिक्षा दिनु पर्ने भन्दै उनीहरुले ¥यालीमा आवाज उठाएका थिए ।

कार्यक्रममा बोल्दै युनिसेफका प्रमुख सुरन्द्र रानाले बालिकाहरुले उच्च शिक्षा हासिल गर्न नपाउनु सम्बन्धीत पक्षकै कमजोरी रहेको बताउनु भयो । त्यसैगरी मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले बालबालिकालाई उच्च शिक्षा दिन स्वयं राज्य पक्षको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न समाजसेवी बालसरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको थियो । बालिकाहरुलाई शिक्षामा प्रोत्साहन गर्न र स्वयं बालिका आफ्नो खुटामा उभिन सकोस भन्ने उद्देश्यले उनीहरुको मनोबन बढाउन कार्यक्रममा यस वर्षको एसएलसीमा उत्कृट अंक ल्याउने ५ बालिकाहरुलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...