२ सय ४० क्षेत्रमै मनोनयन दर्ता शान्पिूर्णरुपमा सम्पन्न

१७ असोज । निर्वाचन आयोगले दुई सय ४० वटै क्षेत्रमा उम्मेद्वारको मनोनयन उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

आयोगले विहीबार साँझ विज्ञप्ती जारी गरी दुई सय चालीस क्षेत्रमै मनोनयन व्यवस्थित र मर्यादित भएको जनाएको हो । उम्मेद्वारहरुले व्यापक र उत्साहजनक सहभागिता जनाएको पनि आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको तालिका अनुसार आज दर्ता भएका उम्मेद्वारहरुको सूची भोली प्रकाशित हुने छ ।
१९ गते उम्मेद्वार विरुद्ध उजुरी दिन सकिने छ भने २० गते उम्मेद्वार विरुद्ध परेका उजुरी उपर आयोगले जाँचबुझ गरी निर्णय गर्ने छ । २१ गते आयोगले उम्मेद्वारको नामावली प्रकाशित गर्ने छ । २२ गते दर्ता भएका उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिने अवसर दिने छ भने २३ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने छ । आयोगले २४ गने उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...