लालु यादव र जगन्नाथ मिश्रलाई सजाय

१७ असोज । भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्रीहरू लालूप्रसाद यादव र जगन्नाथ मिश्रलाई जेल सजाय भएको छ ।
पशुपंक्षीको आहार खरिदमा घोटाला गरेको ठहरिएका बिहारका पूर्वमुख्यमन्त्री लालूप्रसाद यादवलाई पाँच वर्ष र जगन्नाथ मिश्रलाई चार वर्षको सजाय दिइएको हो ।

झारखण्डको विशेष अदालतले विहीबार अन्तिम फैसला गर्दै उनीहरूको सजाय ताकेको हो । राँचीस्थित सीबीआई अदालतले यादवलाई जेल सजायका साथै २५ लाख रूपैयाँ जरिवाना पनि तोकेको छ । यादवसँगै दोषी ठहरिएका बिहारका अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रलाई भने दुई लाख जरिवाना तोकिएको छ । १७ वर्ष पुरानो यो मुद्दाको अन्तिम फैसला विहीबार आएको हो । यो मुद्दामा यादवसहित अन्य ४४ जनालाई दोषी ठहर गरिएको थियो । उनीहरूमाथि सन् १९९० मा पशु आहार खरिद गर्न ‘चाइवासा कोष’ बाट ३३ करोडभन्दा बढी भारतीय रूपैयाँ अनियमित रूपमा झिकेको आरोप छ । एउटै मुद्दामा दुई पूर्वमुख्यमन्त्रीले जेल सजाय पाएको भारतको इतिहासमा पहिलोपटक हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...