काँग्रेस नेतृ सुप्रभाबाट पार्टी परित्याग

१६ असोज । नेपाली कांग्रेस नेतृ सुप्रभा घिमिरेले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

संविधानसभा चुनावमा काठमाडौ कांग्रेस क्षेत्र नम्बर ४ बाट गगन थापालाई टिकट दिएको विषयमा असन्तुष्टि जनाउँदै घिमिरेले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । घिमिरे यसअघिको संविधान सभा चुनावमा त्यस क्षेत्रबाट विजयी हुनुभएको थियो । पार्टी परित्यागपछि घिमिरेले महिलावादी संघसंस्थाको समर्थन रहे आफूले नयाँ पार्टी खोल्ने बताउनुभयो ।

साथै आगामी संविधान सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने उहाँको भनाइ छ । यता नेपाली कांग्रेसकै काठमाडौ क्षेत्र नम्बर २ का केही क्ष्ँेत्रीय समिति र महाधिवेशन प्रतिनिधिले राजीनामाको घोषणा गरेका छन् ।

क्षेत्रीय समितिको सिफारिस गरेका भन्दा भिन्न उम्मेदवारलाई पार्टी संसदीय बोर्डले टिकट दिएको भन्दै क्षेत्रीय समिति सभापति उपेन्द्र कार्की, गत संविधान सभामा त्यस क्षेत्रका उम्मेदवार दीपक कुईंकेल लगायतले विरोध गरेका हुन् । त्यस क्षेत्रमा कांग्रेसले प्रतिमा गौतमलाई उम्मेदवार उठाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...