गोठाटार प्रहरीको चेतनामूलक ¥याली

१८ असोज । प्रहरी वृत तिनकुने अन्तर्गत रहेको प्रहरी प्रभाग गोठाटार तथा काँडाघारी,गोठाटार गाविस, स्थानीय नेक्सस एकेडेमी लगायतको संयुक्त आयोजनामा शुक्रबार काँडाघारीमा सद्भाव तथा शुभकामना र्यालीको आयोजना गरियो ।

प्रहरी, स्थानीय संघसंस्था, स्कुल, स्काउट, विद्यार्थी तथा स्थानीय जनसहभागिता रहेको सो र्यालीको प्रहरी वृत्त तिनकुनेका प्रहरी नायव उपरिक्षक रेवतीप्रसाद ढकालले उद्घाटन गरेका थिए । नजिकिँदै गरेको वडादशैं तथा तिहारमा हुनसक्ने विभिन्न अपराधिक गतिविधिलाई नियन्त्रण गर्नेखालको सन्देशमुलक र्याली समापनलाई सम्बोधन गर्दै प्रहरी नायव उपरिक्षक ढकालले स्थानीय जनताको सहयोगमा सबै किसीमका अपराधका घटना न्यूनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठ, नायक अमित ढुंगाना, कोटेश्वर प्रहरी प्रभाग भवन निर्माणका अध्यक्ष भरत शाही, नेक्सस एकेडेमीका प्रवन्ध निर्देशक आरबि खटुवाल, गोठाटार प्रहरी प्रभागका प्रहरी निरीक्षक श्यामकुकार राई, निश्चल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र गिरीलगायतले स्थानीय जनता र प्रहरीबीचको सम्वन्धका बारेमा चर्चा गरेका थिए ।
यसै अवसरमा कालिमाटीस्थित ज्योति अस्पतालसंग आवद्ध चिकित्सकहरुले सथनीय पेप्सी टाउन प्लानिंगस्थित खेलमैदानमा निशुल्क स्वास्थय शिवीरको आयोजना गरेको थियो । डा.जेस्ना मल्लि को नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितराण् गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...