इराकमा विष्फोटबाट १८ जनाको मृत्यु

१७ असोज । इराकका विभिन्न शहरमा भएका श्रृङ्खलाबद्ध बिस्फोटमा १८ जनाको मृत्यु भएको छ ।

केही मानिस घाइते भएका छन् । किरकुक शहरमा रहेको सरकारी कार्यालयनजिकै भएको कार बम बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । त्यस्तै, बग्दादको उत्तरी क्षेत्रमा सेनाको हेलिकोप्टरमा विद्रोहीले आक्रमण गर्दा चार सुरक्षकर्मीको ज्यान गएको छ । त्यस्तै, सामररा, सलाहुदिन, बग्दाद र दियालामा विस्फोट र आक्रमणका घटनामा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार यो वर्ष मात्रै ५ हजार जनाको ज्यान गएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...