बारामा एमालेका नेतामाथि गोली प्रहार

१८ असोज । बारामा नेकपा एमालेका उम्मेदवारमाथि गोली प्रहार भएको छ ।

बारा क्षेत्र नम्बर–४ का एमाले उम्मेदवार मोहमुद आलममाथि शुक्रबार विहान अज्ञात समूहले गोली प्रहार गरेको हो । टाउकोमा गोली लागी गमभीर घाइते भएका आलमलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएको समूहले परवानीपुरस्थित चैनपुर चोकमा आलमलाई गोली प्रहार गरेको स्थानीयवासीले बताएका छन् । घटनापछि आक्रोशित स्थानीयले परवानीपुरमा चक्काजाम गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...