राजनीतिक अवस्था व्यवस्थित नभएकोमा चिन्ता

१६ असोज । राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक परिवर्तन व्यवस्थित हुन नसक्दा सामाजिक सद्भाव र भाइचारा टुट्न थालेको बताउनुभएको छ ।

शीतल निवासमा बुधबार भएको पुस्तक विमोचन समारोहमा राष्ट्रपति डाक्टर यादवले समाजमा जातीय क्षेत्रीय तथा साम्प्रदायिक भावना बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिष्टाचार र सभ्यता हराए समाज अल्मलिन सक्ने भन्दै सजग रहन सबैलाई आग्रह गर्नुभयो । राष्ट्रपति यादवले सवै क्षेत्रमा पहुँचवालाको मात्र सम्मान हुने गरेको भन्दै आफू अस्पताल जाँदा डाक्टरहरु लाइन लाग्ने तर विरामी अस्पताल जाँदा उपचारका लागि घण्टौं कुर्ने अवस्था रहेको अनुभव सुनाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...