सम्पत्ति शुद्धिकरण निवारणलगायतका नियमावली र ऐन स्वीकृत

१७ असोज । सरकारले सम्पत्ति शुद्धिकरण निवारणलगायतका नियमावली र ऐन स्वीकृत गरेको छ ।

सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण निवारण नियमावली–२०७०, मेलमिलापसम्बन्धी ऐन–२०६८ र मेलमिलाप नियमावली २०७० स्वीकृत गरी विधेयक समितिमा पठाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष्ँ विनयकुुमार कर्णको राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै, बैठकले राष्ट्रिय दलित आयोगका सदस्य राजुप्रसाद चमार र खेमराज नेपालीको राजीनामा पनि स्वीकृत गरेको छ । राजपत्राङ्कित द्वितीय श्रेणीका भू–संरक्षण अधिकृत श्यामलाल शर्मा सापकोटाको बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी, मन्त्रिपरिषद् बैठकले दक्षिण एसियाली उपक्षेत्रीय सहायता सडक सञ्जाल आयोजनाका लागि एशियाली विकास बैंकले दिन लागेको सात करोड ५० लाख अमेरिकी डलर स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्ला विकास समिति ललितपुरमा कार्यरत नायव सुब्बा तिलकराम बोहराकी श्रीमती त्रिसनी बोहोराको क्यान्सर उपचारका लागि ५७ हजार १ सय ६३ रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै, कालिकोटमा कार्यरत जिल्ला न्यायाधिवक्ता कुलप्रसाद पाण्डेकी श्रीमती खिमा पाण्डेको मुटुरोग उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...