आणविक कार्यक्रममा हस्तक्षेप गर्न नदिने इरानको भनाइ

१८ असोज । इरानी विदेशमन्त्री मोहम्मद जबाद जरिफले इजरायललाई आफूहरूको आणविक कार्यक्रममा हस्तक्षेप गर्न नदिने जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महसभाबाट फर्किने क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भनाइमाथि टिप्पणी गर्दै आणविक कार्यक्रमबारे नेतान्याहुले नभई इरान स्वयंले निर्णय लिने बताएका छन् । उनले इरानविरोधी राष्ट्रहरूको आणविक कार्यक्रम हुन नदिने प्रयास सफल हुन नदिने चेतावनी पनि दिए । मंगलबार नेतान्याहुले इरानले आणविक हतियार नष्ट नगरे एकतर्फी सैन्य कारवाही गर्ने धम्की दिएका थिए । इरानी विदेशमन्त्री जरिफले नेतान्याहुको धम्कीले इरानको आणविक कार्यक्रमसम्बन्धी सहमति भंग हुन सक्ने चेतावनी समेत दिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...